पछिल्लो समय पाकिस्तानमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली विद्यार्थी तथा अन्य नागरिकको सुरक्षा र हित सुनिश्चित गर्न सरकार सचेत रहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी र नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, "यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछ।"
दूतावासमा सम्पर्कका लागि निम्न नम्बरहरू उपलब्ध गराइएका छन्:
वृन्दा सुबेदी खड्का, तृतीय सचिव: +९२ ३३१३२९३११९
आर्सलान मेहमुद: +९२ ३४०५१७४२६१
ईमेल: conislamabad@mofa.gov.np
परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली नागरिकहरूलाई आवश्यक परेमा तत्काल दूतावासमा सम्पर्क गर्न आह्वान गरेको छ।