३० जेष्ठ २०८२ , शुक्रबार

जलविद्युत् जनशक्ति उत्पादन गर्न प्राधिकरणले तालिम केन्द्र सञ्चालन गर्ने

News
१२ जेष्ठ, काठमाण्डौँ ।

नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाको हाइड्रो र इलेक्ट्रो मेकानिकल जनशक्ति उत्पादन गर्नका लागि तालिम केन्द्र सञ्चालनको तयारी गरेको छ।

यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रमा तालिम केन्द्र सञ्चालन गरी जनशक्ति परनिर्भरता हटाउन लागेको हो। भारत र चीनको निर्भरता हटाउने कार्य अघि बढाइएको मस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रबन्धक पशुपतिराज गौतमले जानकारी दिए। तालिम सञ्चालनपछि ३०० जनाले रोजगारी पाउने र निर्माण सम्पन्न भएका तथा निर्माणाधीन आयोजनाको बिग्रिएका उपकारण मर्मत तथा नयाँ उपकरण जडानका लागि जनशक्ति तयार गर्न तालिम केन्द्र सञ्चालन गर्न लागेको उनले बताए।

जलविद्युत् आयोजना निर्माणका लागि धेरै जग्गा चाहिने हुँदा केन्द्रसँग एक हजार सात रोपनीभन्दा धेरै जमिन तथा भवन तथा टहराहरु प्रशस्त भएकाले तालिम केन्द्र सञ्चालन गर्न सकिने हुँदा ऊर्जा तथा जलस्रोत मन्त्रालयमा प्रस्ताव पठाइएको गौतमले बताए। तालिम सञ्चालनपछि भारतीय र चिनियाँ प्राविधिकलाई विस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

केही मेसिन बिग्रिँदासमेत हप्तौँसम्म चिनियाँ वा भारतीय कम्पनीको टोली पर्खेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्नेछ।