भारतको अलीगढस्थित मडराक गाउँमा सासू र ज्वाइँबीचको प्रेम सम्बन्धले सनसनी मच्चाएको छ। मनोहरपुर कायस्थ गाउँका जितेन्द्रकी पत्नी सपना र उनकी छोरीको विवाह हुन लागेका राहुलबीच प्रेम सम्बन्ध भएपछि परिवारले उनीहरुलाई स्वीकार गर्न सकेन।
छोरीको विवाहको मिति नजिकिँदै गर्दा सपना र राहुल घरबाट भागेका थिए। उनीहरु दुवै दादों प्रहरी चौकीमा पुगेर आफूहरुले स्वेच्छाले सम्बन्ध गाँसेको र सँगै जीवन बिताउन चाहेको बताएका थिए।
सुरुमा परिवारले उनीहरुलाई घरमा बस्न दिएन। रातभर उनीहरुले छिमेकीको घरमा रात बिताए र त्यसपछि गाउँ नै छाडे। उनीहरुको खोजी भइरहेको छ।
यस घटनामा परिवारले मौनता साँधेको छ। राहुलका बुबाले यस विषयमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। सपनाका छोराहरुले पनि उनलाई घर फर्काउन खोजेका थिए तर उनी मानिनन्। प्रहरीले दुवैजना बालिग भएकाले उनीहरुलाई आफ्नो इच्छा अनुसार जीवन बिताउन पाउने बताएको छ।
बेटीले आमाको कारण आफ्नो विवाह टरेकोमा दु:ख व्यक्त गर्दै उनीहरुसँग कुनै सम्बन्ध नराख्ने बताइन्। उनले आमाले लगेको गहना र पैसा मात्र फिर्ता गरिदिए आफूलाई सन्तुष्टि मिल्ने बताइन्।