२२ जेष्ठ २०८३ , शुक्रबार

सडक सञ्जालले चेपाङ समुदायको जीवनयापनमा सहजता

News
१२ जेष्ठ, काठमाण्डौँ ।

जिल्लाको पहाडी क्षेत्र मायाँटारमा यातायातको पहुँच पुगेसँगै यहाँका स्थानीयलाई जीविकोपार्जनमा सहज भएको छ। अधिकांश चेपाङ्ग समुदायको बसोबास रहेको यस क्षेत्रमा सडक सञ्जालको विकास भएपछि यहाँ उत्पादित वस्तुले बजार पाउँदा स्थानीयको जीवनयापनमा सहज भएको हो।

इच्छाकामना गाउँपालिका–२ मायाँटारका स्थानीयले उत्पादन गरेका सबै सामग्रीले यातायातको सहजतासँगै सहजरूपमा बजार पाउन सकेको स्थानीय राष्ट्रिय आधारभूत विद्यालय मायाँटारका प्रध्यानाध्यापक पदमबहादुर प्रजाले बताए। शक्तिखोर फिस्लिङ् सडक खण्ड निर्माण भएसँगै यहाँको जीवन सहज भएको उनको भनाइ छ। यहाँ उत्पादन हुने रैथाने प्रजाती बजारसम्म पुर्‍याउन सक्ने भएपछि आयआर्जन बढेको छ।

यहाँ अहिले पाँचवटा बोलेरो सञ्चालनमा रहेका छन्। यातायातको सहजतासँगै यस स्थानमा घरबास कार्यक्रमले पनि यहाँको जीवनस्तरलाईमाथि उठाउन सहज भएको वडा सदस्य एकबहादुर गुरूङ्ले बताए।