१४ बैशाख २०८२ , आईतवार

लन्डनमा युक्रेन युद्धविरामबारे छलफल हुने

News
१० बैशाख, काठमाण्डौँ ।

लन्डनमा बेलायत, अमेरिका, युरोपेली देशहरू र युक्रेनका कूटनीतिज्ञ र रक्षा प्रमुखहरूले रुस-युक्रेन युद्धविरामबारे छलफल गर्ने भएका छन्।

बेलायती रक्षा सचिव जोन हिलीका अनुसार विदेशी मन्त्रीहरू र राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकमा युद्धविराम कस्तो हुनसक्छ र दीर्घकालीन शान्ति कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ। बैठकमा युक्रेन र रुसका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत सेवानिवृत्त लेफ्टिनेन्ट जनरल कीथ केलॉग पनि सहभागी हुने बताइएको छ।

रुसले छिमेकी देशमाथि आक्रमण गरेपछि तीन वर्षदेखि जारी लडाइँ रोक्न यो एउटा महत्त्वपूर्ण कूटनीतिक प्रयास हुने बेलायतले जनाएको छ।