लोडसेडिङ गर्न पाएपछि त
सन्चो भयो होला नि अब !
इन्भर्टर बेच्नेका दिन फर्केर आएपछि त
सन्चो भयो होला नि अब ।
अरबौँ कमिशन खाएपछि त
सन्चो भयो होला नि अब ।
देखेका थियौँ हामीले -
बत्ती बल्दा छट्पटी कति भएको थियो तिमीहरुलाई,
बत्ती निभाउन पाएपछित सन्चो भयो होला नि अब !
मैनबत्ती कता पाइन्छ भनेर सोध्दै
पसल चहार्ने दिन फर्केर आए फेरि,
यति गर्न पाएपछित सन्चो भयो होला नि अब !
मर्नेबेलामा पँखेटा पलाउँछन् मन्थें कमिलाका
तिम्ल पनि पँखेटा पलाए,
पँखेटा पलाएपछि त सन्चो भयो होला नि अब !