७ असार २०८३ , आईतवार

काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा नगदसहित ९ जना पक्राउ

News
२१ असार, काठमाण्डौँ ।

२०८२ असार १९ गते राति प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका ३१ मिलन चोकस्थित एक घरमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुरका राजेश शाक्य, दाङ तुलसीपुरका दीपक थापा, काभ्रे चौंरी देउरालीका अच्युत न्यौपाने, बझाङ भैरवनाथका दर्शन क्षेत्री, संखुवासभा खाँदबारीका युवराज कोइराला, काभ्रे भुल्बुका ऋषि पराजुली, धनुषा मौहुवनकी निशु गिरी, काठमाडौं बानेश्वरकी उमा शाह र सिराहा लाहानकी डीना श्रेष्ठ रहेका छन्।

उनीहरूको साथबाट ७६ हजार ४ सय ३० रुपैयाँ नगद र ६ थान तास बरामद गरिएको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ।