१४ बैशाख २०८२ , आईतवार

भारतीय विद्युत्मन्त्री खट्टरद्वारा मुक्तिनाथमा पूजाअर्चना

News
१० बैशाख, काठमाण्डौँ ।

भारतका विद्युत् तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । ऊर्जामन्त्री दीपक खड्काले पनि उनीसँगै मुक्तिनाथको पूजाअर्चना गरे ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार भारतीय मन्त्री खट्टर, ऊर्जामन्त्री खड्का, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहित १६ जनाको टोली मुस्ताङ आएको थियो । मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले उक्त टोलीलाई टीका र प्रसाद प्रदान गरेका थिए ।

त्यसअघि प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले उक्त टोलीलाई स्वागत गरेका थिए ।