१३ बैशाख २०८२ , शनिबार

जम्मू-कश्मीरको पहलगाममा चरमपन्थी हमलापछि भारतको कडा कदम, सिन्धु जल सन्धि स्थगित

News
११ बैशाख, काठमाण्डौँ ।

जम्मू-कश्मीरको पहलगाममा भएको चरमपन्थी हमलाको एक दिनपछि भारतले ठूलो निर्णय लिएको छ। उक्त हमलामा २६ जनाको ज्यान गएको थियो भने १० जना घाइते भएका थिए। बुधवार बसेको क्याबिनेट कमिटी अन सेक्युरिटीको बैठकले यो निर्णय गरेको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको कमिटीको बैठकमा रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकर पनि सहभागी थिए।

बैठकपछि भारतका विदेश सचिव विक्रम मिस्रीले बुधवार राति करिब ९ बजे पत्रकार सम्मेलनमा भने, "सन् १९६० मा भएको सिन्धु जल सन्धि तत्काल लागु हुने गरी स्थगित गरिएको छ। यो स्थगन तबसम्म जारी रहनेछ, जबसम्म पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गर्न पूर्ण रूपमा बन्द गर्दैन।"