२२ जेष्ठ २०८३ , शुक्रबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

News
१४ जेष्ठ, काठमाण्डौँ ।

मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा रु एक हजार ६०० ले घटेको छ भने चाँदीको भाउ रु १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने चाँदीको मूल्य रु दुई हजार पाँच निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।