अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु १ लाख ९२ हजार २०० कायम भएको छ। चाँदीको मूल्य भने घटेर तोलाको रु एक हजार ९५५ मा कारोबार भइरहेको छ।
बुधबार, सुनको मूल्य प्रतितोला रु एक लाख ९१ हजार ६०० र चाँदीको मूल्य रु एक हजार ९६५ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।