२९ बैशाख २०८२ , सोमबार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि प्रभाव, चाँदीमा भने वृद्धि

News
२८ बैशाख, काठमाण्डौँ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। गत शुक्रबारको तुलनामा आज तोलामा रु ३०० ले सुनको मूल्य घटेको छ। चाँदीमा भने प्रतितोला रु १० ले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ५०० कायम भएको छ। त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९७० मा बेचबिखन भइरहेको छ।

शुक्रबार प्रतितोला सुन रु एक लाख ९० हजार ८०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९६० मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।