१४ बैशाख २०८२ , आईतवार

घट्यो सुनको मूल्य : तोलाकाे रु. ७ हजार ५००

News
१० बैशाख, काठमाण्डौँ ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु सात हजार ५०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रु एक लाख ९० हजार ४०० कायम भएको छ । मङ्गलबार सुनको मूल्य प्रतितोला रु एक लाख ९७ हजार ९०० पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले घटेर रु एक हजार ९६५ मा कारोबार हुने महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।