१३ बैशाख २०८२ , शनिबार

सुनको मूल्य तोलामा रु एक हजार घट्यो

News
१२ बैशाख, काठमाण्डौँ ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रू एक हजारले घटेको हो।

बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको महासङ्घले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।