काठमाडौं जिल्ला अदालतले तोकेको एक करोड ४० लाख रुपैयाँ जरिवाना तिर्न बाँकी भएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार काठमाडौं महानगरपालिका-३० बस्ने ४७ वर्षीय अमित अग्रवाललाई पक्राउ गरिएको हो। अग्रवाललाई अदालतले विभिन्न मुद्दामा दोषी ठहर गरेको थियो, तर उनी फरार थिए।
प्रहरीले अग्रवाललाई २०८२/०१/२३ गते काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो। उनलाई अदालतको फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको छ।
अग्रवाललाई बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र रु. १ करोड ५० लाख जरिवाना तोकिएको थियो। त्यसैगरी, चेक अनादर मुद्दामा रु. ३,००० जरिवाना र अर्को चेक अनादर मुद्दामा रु. ४,००० जरिवाना तोकिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्र.उ. अपील राज बोहराले यो जानकारी दिएका हुन्।