१३ बैशाख २०८२ , शनिबार

नेपाल-चीन सीमा क्षेत्रमा ५.० म्याग्निच्युडको भूकम्प, नेपालमा पनि कम्पन

News
३ बैशाख, काठमाण्डौँ ।

नेपाल-चीन सीमावर्ती क्षेत्र नजिकै आज बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ४ बजेर ५ मिनेटमा चीनको डिङ्ग्ग्ये क्षेत्रमा भूकम्प गएको हो।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमानाबाट करिब १८ किलोमिटर उत्तरतर्फ चीनको डिङ्ग्ग्ये आसपास रहेको छ।

भूकम्पको कम्पन नेपालका केही उत्तरी जिल्लामा पनि हल्का महसुस गरिएको अनुमान गरिएको छ। यद्यपि, हालसम्म यस भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।