२५ जेष्ठ २०८२ , आईतवार

पक्राउ परे लागूऔषध कारोबारी, ७५ मिलिग्रामको १०० ट्याब्लेट Tapentadol बरामद ।

News
२४ जेष्ठ, काठमाण्डौँ ।

लागू औषध सहित २ जना पक्राउ परेका छन्। मिति २०८२ साल जेठ २२ गते अन्दाजी ४ बजे जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ लामागाँउ स्थितमा लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा म.न.पा. वडा न.१८ लामागाँउ बस्ने वर्ष ५१ को गोरे पुन र ऐ.ऐ. बस्ने वर्ष २७ को शंकर घलेलाई पक्राउ गरेको हो।

खानतलासी लिँदा निजहरुको साथबाट लागूऔषध Tapentadol Tablets 75mg लेखिएको १०० ट्याब्लेट वरामद भएको हुँदा निजहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।