१४ बैशाख २०८२ , आईतवार

न्यूनतम पारिश्रमिकको माग गर्दै चिकित्सकहरू आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

News
११ बैशाख, काठमाण्डौँ ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन्। बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै उनीहरूले श्रम शोषण भएको आरोप लगाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गर्न हिँडेका चिकित्सकहरूलाई प्रहरीले माइतीघरमै रोकेको थियो। त्यसपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरूलाई वार्तामा बोलाएर छलफल गरेका छन्।

माग पूरा नभए वैशाख १२ गतेदेखि आकस्मिक र सघन उपचार बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघले चेतावनी दिएको छ। उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन गर्न माग गरेका छन्।