२२ जेष्ठ २०८३ , शुक्रबार

काभ्रेपलाञ्चोकमा विपद् प्रतिकार्य स्वयंसेवक तयारी तालिम सुरु

News
१२ जेष्ठ, काठमाण्डौँ ।

 पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वाटरले काभ्रेपलाञ्चोकमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारीका लागि विपद् स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास सुरु गरेको छ।

हेडक्वाटरले आजदेखि पनौतीबाट उक्त अभ्यास गराउन थालेको हो। पनौती नगरको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई तालिम दिन थालिएको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अभ्यासको शुभारम्भ गर्दै विपद्ले पु¥याउने असर न्यूनीकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताए। उनले सुरक्षाकर्मी पुग्न नसक्ने अवस्थामा स्थानीयस्तरमा रहेका स्वंयसेवकले विपद्पछिको अवस्थामा समन्वयात्मक भूमिका निर्वाह गर्न सक्ने बताए।

नगर उपप्रमुख गिता बञ्जाराले गत वर्षको विपद्ले सिकाएको पाठ, भूकम्प, चट्याङ र वर्षाका कारण पु¥याएको क्षतिपछिको अवस्थाका बारेमा जानकारी गराउँदै सचेत रहन आग्रह गरिन्। हेडक्वाटर प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाइँले तालिमको उद्देश्यबारे प्रष्ट्याउँदै विपद्लगत्तैको प्रतिकार्यका लागि स्वयंसेवकलाई तालिमले सहजता दिलाउने बताए।

तीन दिनसम्म सञ्चालन हुने तालिममा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाको प्राविधिक सहयोग रहेको छ।