१३ बैशाख २०८२ , शनिबार

आजको राशिफल: २०८२ वैशाख ३ गते, बुधबार - कुन राशिलाई कस्तो छ?

News
३ बैशाख, काठमाण्डौँ ।

आज २०८० साल फागुन २२ गते, मंगलबार। आज विभिन्न राशिका व्यक्तिहरुको लागि कस्तो रहनेछ? ज्योतिषशास्त्र अनुसार विभिन्न राशिको विवरण यस प्रकार छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आज मेष राशिका व्यक्तिहरू अस्वस्थताले काममा जान नसके पनि परिस्थिति सहज हुनेछ। काममा मिहिनेत धेरै भए पनि राम्रो दाम पाइनेछ। तर, आफ्नो कमजोरीको फाइदा अरूले उठाउन खोज्लान्। नयाँ जिम्मेवारी पाए पनि सफलताको लागि केही समय पर्खनुहोला। सेवा गरेको कामले मान-सम्मान दिलाउनेछ। रोकिएका काममा फेरि प्रयास गर्दा सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
वृष राशिका व्यक्तिहरूका लागि आज काममा साथीहरूको सहयोग पाइनेछ। धन र ज्ञान बढ्नेछ, जीवन आनन्दले भरिपूर्ण हुनेछ। पाहुना बनेर सम्मान पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रिय मान्छेसँग भेट हुनुका साथै विशेष उपहार पाइएला। प्रेम र मित्रताको सम्बन्ध बलियो हुने सम्भावना छ। आफ्नो रुचिले सम्पत्ति जोड्न मन लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
मिथुन राशिका व्यक्तिहरूले प्रयास गर्दा सजिलै लक्ष्य भेटिनेछ। मिहिनेतले प्रतिस्पर्धा जित्न सकिन्छ। भौतिक सुविधा थपिँदै जानेछन् र सधैँ फाइदा हुने काम सुरु हुन सक्छ। थोरै फाइदा भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पहिलेको सफलताले हौसला मिल्नेछ र पछिका लागि विशेष कामको सुरुवात गर्ने मौका छ। प्रयास गर्दा धेरै अवसरहरू मिल्नेछन् र राम्रो फाइदा उठाउन सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
कर्कट राशिका व्यक्तिहरूका लागि खुसीको खबरले दिन उत्साहित बनाउनेछ। पढाइमा ध्यान दिनाले दिमाग फराकिलो बन्न सक्छ। मिहिनेतले राम्रो काम गर्ने मौका मिल्नेछ। सम्झौता गर्नुपरे पनि आफ्नो अधिकार र इज्जत जोगाउन सकिनेछ। भौतिक सुविधा थपिँदै जानेछन् र सधैँ फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको कुरा अगाडि बढ्नेछ। प्रयास गर्दा लक्ष्य भेट्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
सिंह राशिका व्यक्तिहरूका लागि आज परिस्थिति सोचेजस्तो राम्रो नहुन सक्छ। नजिकका साथीहरूसँग मनमुटाव बढ्नेछ र काम बिग्रने डर लाग्न सक्छ। समयमा होस नपुर्‍याउँदा भलो चाहनेहरू पनि टाढा हुन सक्छन्। नसोचीकन बोल्ने बानीले समस्या निम्त्याउनेछ। गाह्रो पर्दा सहयोग गर्ने मान्छे कमै भेटिनेछन्। अरूको फाइदाको लागि प्रयोग भइनेछ र काम बिग्रने डरले सताउनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
कन्या राशिका व्यक्तिहरूका लागि आज कामले नयाँ मोड लिनेछ। राम्रो काम गर्दै नाम, दाम र इज्जत कमाउन सकिनेछ। उद्योग र व्यापारमा धेरै फाइदा हुने समय छ। शत्रु कमजोर हुनेछन् र प्रतिस्पर्धा गर्नेहरू पछि हट्नेछन्। ठूला मान्छे र सहयोगीहरूले गर्दा सोचेको फाइदा उठाउन सकिनेछ। गरेको कामको राम्रो फल पाइनेछ। मिहिनेतले सफलताको शिखरमा पुर्‍याउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
तुला राशिका व्यक्तिहरूको लागि पढाइमा प्रगति हुनेछ र ज्ञान बढाउने मौका मिल्नेछ। खुसीको खबरले मनमा उत्साह छाउनेछ। आम्दानीका बाटोहरू बढ्नेछन् र सधैँ फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ कामको थालनी हुनेछ। मिहिनेतले समाजमा इज्जत दिलाउन सक्छ। तपाईंको बुद्धिको सबैले तारिफ गर्नेछन्। बोलीको प्रभावले पैसा कमाउने काममा पनि फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
वृश्चिक राशिका व्यक्तिहरूका लागि रमाइलो भेटघाटमा मिठो खाना खान पाइनेछ। पहिलेको सफलताले थप हौसला मिल्नेछ। नयाँ कामको लागि प्रस्ताव आउनेछ र धेरैले सहयोग गर्नेछन्। टाढा भएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ। पहिले गरेका गल्तीहरू सुधारेर आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। राम्रो पहिरन लगाएर आफ्नो व्यक्तित्व निखार्ने अवसर मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
धनु राशिका व्यक्तिहरूका लागि आज अचानक खर्च बढ्नाले पैसाको अभाव हुन सक्छ। परिस्थितिले गर्दा आफन्तहरूबाट टाढा हुनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। फाइदा हुने कामले लोभ्याए पनि अनावश्यक खर्च हुन सक्छ। अवसरको लागि धेरै मिहिनेत गर्नुपर्ला। देश-विदेशको यात्रा गर्ने योजना अगाडि बढ्नेछ। छरछिमेकमा मनमुटाव देखिनेछ र नसोचेको काममा फसिनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे, खो, गा, गि):
मकर राशिका व्यक्तिहरूका लागि आज दिन धेरै लाभदायक रहनेछ। प्रयास गर्दा राम्रो सफलता हात लाग्नेछ। पहिले रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्न सक्छ। आम्दानी बढ्नाले मन खुसी हुनेछ। व्यापारमा राम्रो प्रगति गर्न सकिनेछ। आफ्नो मिहिनेतको उचित मूल्य पाइनेछ। जम्मा गरेको पैसाको सही उपयोग गर्दा फाइदा हुनेछ। सधैँ चल्ने कामको थालनी हुनेछ र छोटो समयमै सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
कुम्भ राशिका व्यक्तिहरूका लागि नयाँ कामको लागि प्रस्ताव आउनेछ र सहयोग गर्नेहरू बढ्नेछन्। नयाँ तरिकाले काम गर्दा फाइदा हुनेछ। पहिलेको सफलताले थप हौसला मिल्नेछ। ठूला मान्छेहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा तपाईंको दबदबा हुनेछ। मिहिनेतले समाजमा स्थापित हुन मद्दत गर्नेछ। चुनौतीहरू हटाएर काममा आफ्नो स्थान बनाउने मौका छ। मिहिनेत धेरै गर्नुपरे पनि समय फलदायी रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
मीन राशिका व्यक्तिहरूका लागि पहिलेका गल्तीहरू सुधारेर सोचे जस्तै काम गर्न सकिनेछ। धर्म-कर्ममा मन जानेछ र अरूको सेवा गर्ने काममा लाग्न मन लाग्नेछ। मिहिनेतको फल पाइनेछ। साथीहरूले धेरै सहयोग गर्नेछन्। नयाँ काममा लाग्ने समय छ। धेरै भौतिक वस्तुहरू प्राप्त हुनेछन्। जागिर र व्यवसायमा विशेष फाइदा हुनेछ। नयाँ कामको सुरुवात गर्ने मौका छ।