३० जेष्ठ २०८२ , शुक्रबार

भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी

News
१२ जेष्ठ, काठमाण्डौँ ।

भुक्तानी नपाएपछि चितवनका केही दुग्ध उत्पादक डेरीहरुले दूध नउठाउने चेतावनी दिएका छन्। भुक्तानीका लागि दबाब दिन यहाँका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सो चेतावनी दिएका हुन्।

यहाँ उत्पादित दूध सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसि) र निजी कम्पनीले लैजाने गरेका छन्। जिल्लामा रहेका दुग्ध उत्पादक सहकारीहरुले विभिन्न डेरीहरुबाट रु ८० करोड बढीको भुक्तानी पाउन बाँकी रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले बताए। सो रकममध्ये डिडिसीको रु ३५ करोड बढी रहेको छ भने अन्य रकम निजी डेरीहरुको हो।

जिल्लाबाट ४० भन्दा बढी डेरीले दूध लैजाने गरेका छन्। ती डेरीहरुले भुक्तानी माग्दा दूध लैजान कम गर्ने गरेको उनले बताए। गत पुस १ गतेदेखिको भुक्तानी लिन बाँकी रहेको छ। जिल्लाबाट दैनिक एक लाख ५१ हजार लिटर दूध बाहिर जाने गरेको सङ्घले जनाएको छ।