बाँके प्रहरीले नेपालगञ्ज उप-महानगरपालिका ८ बाल्मिकि टोलबाट ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उप-महानगरपालिका ८ बाल्मिकि टोल बस्ने वर्ष २४ को सरिफ कबडियाको साथबाट सेतो प्लास्टिकमा पुडिया बनाई राखेको ३ वटा पोकालाई तौल गर्दा २७ ग्राम ४३० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको छ ।
प्रहरीले निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाएको छ ।