३१ बैशाख २०८२ , बुधबार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

News
३१ बैशाख, काठमाण्डौँ ।

काठमाडौं प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८१ चैत्र २९ गते काठमाडौं महानगरपालिका २८ स्थित एक गेष्ट हाउसको कोठामा मृत अवस्थामा फेला परेकी नुवाकोट सूर्यगढी नगरपालिका १ घर भइ काठमाडौं तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने २८ वर्षीया बिमला तामाङको हत्या गरी फरार रहेका राम चन्द्र पन्तलाई प्रहरीले पक्राउ गरेको हो।

धादिङ गल्छी गाउँपालिका घर भइ काठमाडौं तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने अन्दाजी ४० वर्षीय पन्त भारतमा लुकीछिपी बसेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २०८२ वैशाख ३० गते दिउँसो ३:४० बजे काठमाडौंको नागढुङ्गाबाट उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पन्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।