१८ जेष्ठ २०८२ , आईतवार

यादहरुको सँगालो - आभास पौडेल प्रणामी

News
✍️आभास पौडेल प्रणामी

------------------------------

कि त तस्बिर कि तिम्रै न्यानो काख चाहिन्छ 
यादहरुको खात बोकेको, मन भुलाउन चाहिन्छ ।।
रात कटाउन अझैपनि याद सबै आउँछन 
ति निदाउन औषधीको, गोलि चाहिन्छ ।।

-----------------------------

पराइको डोली चढ्ने, रहर तिम्रो पूरा भयो 
पराइकै सिन्दुर पोते, पराइकै चुरा भयो  ।।
तिमी पनि बिर्सिदेउ म पनि त बिर्सिदिन्छु 
छुट्टिने बेला उसको मेरो यस्तै यस्तै कुरा भयो ।।

-----------------------------

तिमीलाई मेरै कुलको, रानी बनाउँला
सँगै जीवन बिताउने घरानी बनाउँला दङ्ग ।।
आखिर मेरै बन्छ्यौ भने किन ढिला गर्छौ?
हुन्छ भने तिम्रो बहिनीलाई साली बनाउँला  ।।

-----------------------------

तिरबाट पिरतिर बढ्दै जान्छ, हाम्रो माया
जरा हाली मुटुमा गढ्दै जान्छ, हाम्रो माया  ।।
दुनियाँले हाम्रो कुरा जति काटुन् डाहा गरुन 
हिजोभन्दा आज धेरै बढ्दै जान्छ, हाम्रो माया ।।

-----------------------------

हाम्रो प्रेम अमर राख्ने, दरबार बनाउँछु
दुनियाँकै नजर लाग्ने, घरबार बनाउँछु ।।
सधैँभरि साथ तिमीले दियौ भने यसैगरी 
मनको बिकृति नहोस् त्यस्तो बजार बनाउँछु  ।।

-----------------------------

मनको नाता रगतको साइनो, खास लाग्दैन
लेखेरै पाइन्छ भन्ने त्यस्तो आश लाग्दैन ।।
मेहन्दीले हातमा लेखेको, विश्वास लाग्दैन ।।

-----------------------------

कुरा खेल्छन् मनैभरि, के गर्दै होली
झझल्को आउँछ घरिघरि, के गर्दै होली ।।
वर्षायाममा सँगै मुस्कुराउँदै हिड्थ्यौ हामी
टाढा भयौँ किन हो कुन्नी, के गर्दै होली  ।।

-----------------------------

याद यादहरुको श्रृंखला, घना नपठाउ
यो छातीमा पिडा थप्ने, तर्कना नपठाउ ।। 
लोभलाग्दो पल होला मनमुटु शीतल होला 
एकै भेट्न आउ प्रिय, सम्झना नपठाउ  ।।

-----------------------------

किनकिन  तिमीलाई मन पराउनुको मज्जा बेग्लै
तिम्रो नाम लिई एकान्तमा, कराउनुको मज्जा बेग्लै ।।
चाहे भनुन् दुनियाँले पागल या बहुला मलाई 
रातदिन तिम्रै यादमा, हराउनुको मज्जा बेग्लै  ।।

-----------------------------

तिमीलाई पाउने आशाहरु बोकी हिड्दा 
थकित भए कैयौं रात रोएँ बिन्ती, कैयौं दिन मुर्छित भए ।।
लाखौं कोशिश गरेको हो तिमीलाई पाउनलाई 
तरपनि तिम्रो साथ, पाउनबाट बञ्चित भए ।। ।।

-----------------------------

आँसु पिउँदै जिन्दगी जिउनुको मज्जा बेग्लै बेग्लै
चोट पिडाले फाटेको मन सिउनुको मज्जा बेग्लै  ।।
सबै गर्दैन कुरा जुनेली रात पुर्णिमाको 
अध्यारोमा मदिरा पिउनुको मज्जा बेग्लै  ।।

-----------------------------

के के हुन्छ कहिलेकाँही, थाहा हुँदैन
चिना हेरेर मात्र भविष्य , थाहा हुँदैन ।।
अरे डाक्टर साब गहिरो घाउ दिलभित्र छ ,
हातको नाडी छामेर, थाहा हुँदैन  ।।

-----------------------------

हरेकरात सपनीमा आउनु छोडिदेउ अब 
यसरी मलाई सताउन, छोडिदेउ अब ।।
रुनेछौ तिमीपनि मैँ जसरी कुनैदिन 
मेरो मनलाई तड्पाउन, छोडिदेउ अब  ।।

-----------------------------

तिमी लिडर अनि म, सहायक भएपछि
दुनियाँकै लफङ्गो र, नालायक भएपछि ।।
कसो गरी पो हुन्थ्यो र हाम्रो मिलन 
तिमी हिरोइन अनि म खलनायक भएपछि दङ्ग ।।

-----------------------------

किन हो मनमा सधैँ तिम्रै याद आउँछ 
छौ कि यतै वरपर, तिम्रै याद आउँछ  ।।
मौसमको कमाल या तिम्रो मायाको जादुसम्झेर 
जब घरी घरी झरी पर्छ, तिम्रै याद आउँछ  ।।

-----------------------------

कसको कस्तो छ मन, छुट्याउने गाह्रो
कस्तो गर्ने बोली बचन, छुट्याउने गाह्रो ।।
आफ्नै सोचेका हरुले पनि छुरा प्रहार गर्छन 
को आफ्नै को बिरानो, छुट्याउनै गाह्रो ।।