१२ कार्तिक २०८२ , बुधबार

आजको विदेशी मुद्रा विनिमय दर: डलर खरिद १३६.९९ रुपैयाँ

News
३० असार, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ९९ पैसा र बिक्री दर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १६० रुपैयाँ १४ पैसा र बिक्री दर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८४ रुपैयाँ ९४ पैसा र बिक्री दर १८५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७१ रुपैयाँ ९८ पैसा र बिक्री दर १७२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ १४ पैसा र बिक्री दर ९० रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ६ पैसा र बिक्री दर १०० रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०६ रुपैयाँ ९९ पैसा र बिक्री दर १०७ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिद दर नौ रुपैयाँ २९ पैसा र बिक्री दर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५८ पैसा र बिक्री दर ३७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ २२ पैसा र बिक्री दर चार रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ३० पैसा र बिक्री दर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ४६ पैसा र बिक्री दर २१ रुपैयाँ ५५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ४५ पैसा र बिक्री दर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिद दर ४४८ रुपैयाँ १२ पैसा र बिक्री दर ४५० रुपैयाँ ८ पैसा, बहराइन दिनार एकको खरिद दर ३६३ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६४ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिद दर ३५५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५७ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।