नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ४७ पैसा र बिक्री दर १३७ रुपैयाँ ०७ पैसा तोकिएको छ। युरोपियन युरोको खरिद दर १५९ रुपैयाँ ९० पैसा र बिक्री दर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङको खरिद दर १८७ रुपैयाँ ३९ पैसा र बिक्री दर १८८ रुपैयाँ २२ पैसा तथा स्वीस फ्र्याङ्कको खरिद दर १७० रुपैयाँ ९० पैसा र बिक्री दर १७१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ।
त्यस्तै, अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ २० पैसा र बिक्री दर ८९ रुपैयाँ ६० पैसा, क्यानेडियन डलरको खरिद दर ९९ रुपैयाँ ९७ पैसा र बिक्री दर १०० रुपैयाँ ४१ पैसा तथा सिङ्गापुर डलरको खरिद दर १०६ रुपैयाँ ९९ पैसा र बिक्री दर १०७ रुपैयाँ ४६ पैसा तोकिएको छ। जापानी येन (१०) को खरिद दर नौ रुपैयाँ ४४ पैसा र बिक्री दर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ०३ पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५५ पैसा तथा कतारी रियालको खरिद दर ३७ रुपैयाँ ३४ पैसा र बिक्री दर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार, थाइ भाटको खरिद दर चार रुपैयाँ १८ पैसा र बिक्री दर चार रुपैयाँ २० पैसा, युएई दिरामको खरिद दर ३७ रुपैयाँ १६ पैसा र बिक्री दर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३२ रुपैयाँ २७ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन (१००) को खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनरको खरिद दर १४ रुपैयाँ ४० पैसा र बिक्री दर १४ रुपैयाँ ४६ पैसा तथा डेनिस क्रोनरको खरिद दर २१ रुपैयाँ ४३ पैसा र बिक्री दर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलरको खरिद दर १७ रुपैयाँ ३८ पैसा र बिक्री दर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनारको खरिद दर ४४६ रुपैयाँ २२ पैसा र बिक्री दर ४४८ रुपैयाँ १८ पैसा, बहराइन दिनारको खरिद दर ३६१ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६३ रुपैयाँ ३४ पैसा तथा ओमनी रियालको खरिद दर ३५४ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५६ रुपैयाँ ०१ पैसा रहेको जनाएको छ। भारतीय रुपैयाँ (१००) को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।