२३ जेष्ठ २०८२ , शुक्रबार

आजकाे विदेशी मुद्राको विनिमय दर

News
२१ जेष्ठ, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ६५ पैसा र बिक्री दर १३७ रुपैयाँ २५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिद दर १५५ रुपैयाँ ६० पैसा र बिक्री दर १५६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८४ रुपैयाँ ४२ पैसा र बिक्री दर १८५ रुपैयाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १६६ रुपैयाँ ३३ पैसा र बिक्री दर १६७ रुपैयाँ ०६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २१ पैसा र बिक्री दर ८८ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ४५ पैसा र बिक्री दर ९९ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०६ रुपैयाँ ०४ पैसा र बिक्री दर १०६ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५५ पैसा र बिक्री दर नौ रुपैयाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९ रुपैयाँ ०९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४९ पैसा र बिक्री दर ३७ रुपैयाँ ६५ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ १९ पैसा र बिक्री दर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ २० पैसा र बिक्री दर ३७ रुपैयाँ ३७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ १९ पैसा र बिक्री दर ३२ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ २४ पैसा र बिक्री दर १४ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ८६ पैसा र बिक्री दर २० रुपैयाँ ९५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ४२ पैसा र बिक्री दर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिद दर ४४५ रुपैयाँ ७४ पैसा र बिक्री दर ४४७ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिद दर ३६२ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६४ रुपैयाँ ०८ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३५६ रुपैयाँ ५२ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।