राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिनुभएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिनुभयो।
प्रवक्ता गिरिका अनुसार नेकपा नेता वामदेव गौतम बर्दिया–१, नारायणकाजी श्रेष्ठ सर्लाही–३ र एमालेकी भगवती न्यौपाने तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने तयारीसहित पदत्याग गर्नुभएको हो।
उहाँहरूको राष्ट्रिय सभा सदस्यका रूपमा कार्यकाल आगामी फागुन २० गतेसम्म रहने भए पनि निर्वाचन प्रक्रियामा सहभागी हुन राजीनामा दिनु भएको हो।