१ आश्विन २०८२ , बुधबार

प्रधानमन्त्री ओलीले साफ यू-२० महिला कपमा भुटानमाथिको जितका लागि खेलाडीलाई बधाई

News
२८ असार, काठमाण्डौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साफ यू-२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६-१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिएका हुन्। “साफ यू-२० उमन्स कपमा आज नेपालले भुटानलाई ६-१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई!” प्रधानमन्त्री ओलीले लेखेका छन्।

शुक्रबारदेखि बङ्गलादेशमा साफ यू-२० महिला कप प्रतियोगिता सुरू भएको छ।