११ कार्तिक २०८२ , मंगलवार

शनिबार पाथीभरा मन्दिरमा ६,३९३ भक्तजनले दर्शन

News
९ कार्तिक, काठमाण्डौँ ।

प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा शनिबार यस वर्षकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन कुल ६,३९३ जना भक्तजनले दर्शन गरेका थिए।

भक्तजनहरूले बिहान ३ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर पूजाअर्चना गरेका थिए। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार बिहानैदेखि भक्तजनको भीड मन्दिर परिसरमा देखिएको थियो।

पाथीभरा मन्दिरमा वर्षभरि नै भक्तजनको आगमन हुने गर्दछ। विशेष गरी दसैं–तिहारको समयमा भक्तजनको संख्या बढी हुने गरेको छ भने चैतेदसैंको आसपासमा समेत तुलनात्मक रूपमा ठूलो संख्या आउने गरेको छ।

समितिका अनुसार यसअघि गत असोजभर मन्दिरमा २९,१७४ जना भक्तजनले दर्शन गरेका थिए।