यो साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५३ अंकले घटेर दुई हजार ६५०.११ बिन्दुमा पुगेको छ।
आज तीन सय कम्पनीका २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा १० अर्ब २० करोड २७ लाख १ हजार ३४४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज विकास बैंक, होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ, वित्त, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड समूहमा गिरावट आएको छ।
आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको ६६ करोड १० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता शेयर खरिद बिक्री भएको छ।