१३ बैशाख २०८२ , शनिबार

वर्षाका कारण नेपाल र अफगानिस्तानबीचको यू–१९ विश्वकप छनोट खेल रद्द, नेपाल विश्वकपबाट वञ्चित

News
६ बैशाख, काठमाण्डौँ ।

आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत आज हुने भनिएको नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल वर्षाका कारण रद्द भएको छ। यससँगै नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ।

आज बिहानका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको हो। करिब ५ घण्टासम्म मैदान सुकाउने काम गरिएपनि खेल्ने वातावरण बन्न नसकेपछि अम्पायरले खेल नखेलाउने निर्णय गरेका हुन्।

समूह चरणमा दुवै टोलीले समान ३–३ खेल जितेका थिए। अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७–७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान अगाडि बढेको हो।