७ चैत्र २०८२ , शनिबार

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश

News
१४ माघ, काठमाण्डौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष औपचारिक रूपमा पेश गर्नुभएको हो।

निर्वाचन आयोगले संविधान तथा कानुनअनुसार सञ्चालन गरेको राष्ट्रियसभा सदस्य निर्वाचनको समग्र विवरण समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइएको हो। निर्वाचन प्रक्रिया, मतदान, मतगणना तथा नतिजासम्बन्धी सम्पूर्ण तथ्यहरू प्रतिवेदनमा समावेश गरिएको आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै आयोगले संवैधानिक दायित्वअनुसार प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो।