१४ बैशाख २०८२ , आईतवार

शिक्षक आन्दोलनमा घुसपैठको आशंका, एक जना पक्राउ

News
८ बैशाख, काठमाण्डौँ ।

काठमाडौंमा जारी शिक्षक-कर्मचारीको आन्दोलनमा घुसपैठ भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। 'नागरिक पहिलो अभियान'का अभियन्ता सनोज महतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शिक्षकहरूका अनुसार महत राष्ट्रिय झण्डा र दौरासुरवालमा आन्दोलनस्थलमा प्रवेश गरी हातपात गरेपछि उनीहरूले प्रतिकार गरेका थिए। नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य कुमार बजगाईँले शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास भएपछि महतलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको बताए।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपीलराज बोहराले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। आन्दोलनमा शान्ति खलबल्याउन खोज्ने एक जनालाई नियन्त्रणमा लिइएको उनले बताए।