१४ बैशाख २०८२ , आईतवार

मकवानपुरमा १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

News
८ बैशाख, काठमाण्डौँ ।

मकवानपुरमा आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्। थाहा नगरपालिकाका ३६ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।

पीडित बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय पालुङमा जाहेरी दर्ता भएपछि प्रहरी निरीक्षक सविनबाबु अर्यालको नेतृत्वमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। पीडित बालिकाको अवस्था सामान्य रहेको र उनलाई सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।