महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष औपचारिक रूपमा पेश गरिएको छ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रपति पौडेलसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। प्रतिवेदनमा आर्थिक वर्ष २०८१/०८२ को अवधिमा महान्यायाधिवक्ता कार्यालयले सम्पादन गरेका कार्यहरू, नीतिगत पहल, कानुनी गतिविधि तथा भावी कार्यदिशासम्बन्धी विवरण समेटिएको जनाइएको छ।
संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष पेश गरिने यस किसिमका प्रतिवेदनले कानुनी शासन, न्यायिक उत्तरदायित्व तथा संस्थागत पारदर्शिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।