२२ जेष्ठ २०८३ , शुक्रबार

त्रिभुवन विमानस्थलमा ३ किलो ४०० ग्राम कोकिनसहित भारतीय नागरिक पक्राउ

News
२९ असार, काठमाण्डौँ ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ठूलो परिमाणको कोकिनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोको टोलीले विमानस्थलमा यात्रुहरूको Criminal Profiling गर्ने क्रममा कतार एयरवेजको उडानबाट अजरबैजान हुँदै काठमाडौं आएका भारतीय नागरिक अब्दुल समद जमाल मन्सूरीलाई पक्राउ गरेको हो। मुम्बई, महाराष्ट्र ठेगाना भएका ४९ वर्षीय मन्सूरीको साथबाट ३ किलो ४०० ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ।

पासपोर्ट नम्बर S447033 बाहक मन्सूरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट पक्राउ गरिएको थियो। उनले उक्त कोकिन आफ्नो झोलामा लुकाएर ल्याएका थिए।

मन्सूरीलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।