इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल जयपुरमा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।
गुजरात टाइटन्स आठ खेलमा १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ। राजस्थान रोयल्स नौ खेलमा चार अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।
गए राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो भने मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको थियो।