५ असार २०८३ , शुक्रबार

आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट

News
१५ बैशाख, काठमाण्डौँ ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले घटेको हो।

आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको महासङ्घले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २० घटेर रु एक हजार ९७० कायम भएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस रु तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।