१४ बैशाख २०८२ , आईतवार

शिक्षा मन्त्री विद्या भट्टराईद्वारा राजीनामा

News
८ बैशाख, काठमाण्डौँ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। समस्या समाधानका लागि मन्त्री भट्टराईले पहल गरे पनि प्रधानमन्त्रीले बेवास्ता गरेपछि उनले राजीनामा दिएको बताइएको छ।

मन्त्री भट्टराई निकट स्रोतका अनुसार शिक्षकको आन्दोलनका कारण कक्षा १२ को परीक्षा समेत अवरुद्ध हुने अवस्था आएपछि उनले राजीनामा दिएकी हुन्। 'विद्यार्थीको भविष्यमाथि खेलबाड हुँदैछ। त्यसको कारण अरु नै छन् तर अपजस हामीले पाउनुपर्नेछ। यस्तो अवस्थामा पदमा बसिरहन उचित हुँदैन,' मन्त्री भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।