डोल्पा जिल्लाको कान्जिरोबा हिमाली क्षेत्र आसपास केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, २०८२ साल वैशाख १४ गते (आज) बिहान ३ बजेर ६ मिनेट जाँदा उक्त क्षेत्रमा ४.० म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।
यसअघि, गत शुक्रबार बिहान ११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।