१४ बैशाख २०८२ , आईतवार

तीनकुने आगजनी र तोडफोडमा संलग्न थप एक जना पक्राउ

News
८ बैशाख, काठमाण्डौँ ।

काठमाडौंको तीनकुनेमा भएको आगजनी र तोडफोडमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा अर्जुनधाराका ४८ वर्षीय ओम प्रकाश लुईटेल रहेका छन्।

प्रहरीका अनुसार २०८१ चैत्र १५ गते "राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल" द्वारा आयोजित प्रदर्शनका क्रममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

उनलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।