१ आश्विन २०८२ , बुधबार

एसिसी यू-१६ इस्ट जोन कप: फाइनलमा नेपालले बलिङ गर्दै

News
२१ असार, काठमाण्डौँ ।

एसिसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले बलिङ गर्दैछ।

मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको टस जितेर सिङ्गापुरका कप्तान रियान नाइकले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। यससँगै नेपालले पहिले बलिङ गर्दैछ।

घरेलु टोली मलेसियालाई हराउँदै नेपाल फाइनलमा पुगेको थियो। सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो।

समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो। उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ।