३१ बैशाख २०८२ , बुधबार

आजको विदेशी मुद्रा विनिमय दर: डलर स्थिर, अन्यको भाउ यस्तो

News
१ जेष्ठ, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिद दर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १६१ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ २९ पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिद दर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा, ओमनी रियाल एकको खरिद दर ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४५ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ।