के तपाईंलाई पनि रातमा निद्रा लाग्न गाह्रो हुन्छ? धेरै प्रयास गर्दा पनि निद्रा लाग्दैन? यदि यस्तो हो भने, यो समस्या धेरै मानिसहरूमा देखिन्छ। संसारमा लगभग हरेक ३ मध्ये १ व्यक्तिलाई अनिद्रा (इन्सोम्निया) को लक्षण देखिन्छ। नेपालमा पनि हरेक ४ मध्ये १ जनाले यो समस्या भोगिरहेका छन्।
यदि कसैलाई ओछ्यानमा गएको ३० मिनेटभित्र निद्रा लाग्छ र रातमा ५ मिनेटभन्दा बढी निद्रा खुल्दैन भने त्यो राम्रो निद्रा हो। तर, यदि यस्तो हुँदैन भने समस्या छ।
अनिद्रा (इन्सोम्निया) के हो?
यदि रातमा सुत्न गाह्रो हुन्छ, बारम्बार निद्रा खुल्छ वा बिहान धेरै चाँडै उठेर फेरि निद्रा लाग्दैन भने यो अनिद्रा हुन सक्छ।
अनिद्राका कारणहरू:
अनिद्राका धेरै कारणहरू हुन सक्छन्, जस्तै शारीरिक, मानसिक वा अन्य कारणहरू। यहाँ १० मुख्य कारणहरू उल्लेख गरिएका छन्:
- तनाव र चिन्ता
- धेरै स्क्रिन टाइम (मोबाइल, ल्यापटप, टिभी)
- क्याफिन र निकोटिनको सेवन
- सुत्ने र उठ्ने अनियमित समय
- डिप्रेसन र मानसिक स्वास्थ्य समस्याहरू
- खराब खानपान र ढिलो खाना खाने
- व्यायाम गर्ने गलत समय
- धेरै उज्यालो वा धेरै अँध्यारो
- निद्रा सम्बन्धी रोगहरू
- औषधीहरूको साइड इफेक्ट
राम्रो निद्राको लागि के गर्ने? केही सरल तरिकाहरू अपनाएर चाँडै निद्रा लाग्ने बनाउन सकिन्छ:
- सास फेर्ने अभ्यास: गहिरो सास लिने र छोड्ने अभ्यासले दिमाग शान्त हुन्छ र तनाव कम हुन्छ।
- शान्त वातावरण: कोठाको वातावरण शान्त र आरामदायक बनाउनुहोस्। मधुरो बत्ती बाल्नुहोस्।
- ब्लू लाइटबाट बच्नुहोस्: सुत्नुभन्दा १-२ घण्टा पहिले मोबाइल र ल्यापटप प्रयोग नगर्नुहोस्।
- किताब पढ्नुहोस्: हल्का र रोचक किताब पढ्नुहोस्।
- हर्बल चिया: क्यामोमाइल वा लैभेन्डर चिया पिउनुहोस्।
- आरामदायक ओछ्यान: आरामदायक सिरानि र गद्दा प्रयोग गर्नुहोस्।
यी उपायहरू अपनाएर तपाईंले आफ्नो निद्राको समस्यालाई कम गर्न सक्नुहुन्छ।