आजकल मच्छरको प्रकोप बढिरहेको छ र यसबाट सतर्क रहनु आवश्यक छ। गर्मीमा मच्छरको कारण धेरै रोगहरू लाग्ने खतरा बढ्छ। मच्छरले टोकेमा मलेरिया हुने सम्भावना धेरै हुन्छ र समयमै उपचार नपाए यो ज्यान लिने रोग पनि हुन सक्छ। यसै रोगको बारेमा जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल २५ मा विश्व मलेरिया दिवस मनाइन्छ।
मलेरिया एनोफिलिस नामक मच्छरको टोकाइबाट सर्छ। यसले टोकेको बेला प्लासमोडियम नामको परजीवी हाम्रो शरीरमा प्रवेश गर्छ।
मलेरियाबाट बच्चाहरूलाई बचाउन धेरै उपायहरू अपनाउन सकिन्छ। बच्चाहरू सुत्दा असुरक्षित हुने भएकाले मच्छरदानीको प्रयोग अनिवार्य गर्नुहोस्। बजारमा पाइने सुरक्षित मच्छर भगाउने क्रिम वा स्प्रेको प्रयोग गर्नुहोस्। प्रयोग गर्नुअघि डाक्टरको सल्लाह लिनुहोस्। घर वरपर पानी जम्न नदिनुहोस् किनकि पानी जम्ने ठाउँमा मच्छरहरूले फुल पार्ने हुनाले गमला, कूलर, बाल्टी आदिमा पानी जम्न नदिनुहोस्। बच्चाहरूलाई शरीर ढाक्ने लुगा लगाइदिनुहोस्। विशेषगरी साँझको समयमा फुल स्लिभको टिसर्ट र फुल प्यान्ट लगाउनुहोस्। बच्चाहरूलाई ज्वरो आएमा, टाउको दुखेमा वा उल्टी भएमा तुरुन्तै डाक्टरसँग सम्पर्क गर्नुहोस्।