१२ मंसिर २०८२ , शुक्रबार

पीएलओ ग्रुप र विराटनगर किंग्सबीच एनपीएल सिजन २ का लागि स्पोन्सरशिप सम्झौता

News
२६ कार्तिक, काठमाण्डौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच मुख्य प्रायोजन सम्झौता भएको छ । मंगलबार विराटचोकस्थित होटल नेपलिरिकामा आयोजित एक कार्यक्रमबीच सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरियो।

पहिलो सिजनमा पनि विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि आफ्नो साथलाई निरन्तरता दिएको हो। सम्झौतापत्रमा विराटनगर किंग्सका तर्फबाट टिम मालिक पारस लुनिया, नारायण मुन्दडा र सुयश प्याकुरेल तथा पीएलओ ग्रुपका तर्फबाट अध्यक्ष भोलेश्वर दुलाल र आकाश दुलालले हस्ताक्षर गरे।

कार्यक्रममा बोल्दै पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले विराटनगर किंग्सलाई आगामी सिजनहरूमा पनि निरन्तर सहयोग र साथ प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले विराटनगर किंग्सले कोशी प्रदेशकै गौरव बढाएको उल्लेख गरे।

त्यस्तै, विराटनगर किंग्सका टिम मालिक पारस लुनियाले क्रिकेटले देशका युवाहरूलाई एकतामा बाँध्ने काम गरेको बताउँदै एनपीएलले नेपाली खेलाडीहरूमा नयाँ उत्साह र उर्जा थपेको धारणा राखे