भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटना अन्नामया जिल्लाको पुल्लमपेटा क्षेत्रमा आइतबार राति भएको हो।
प्रहरी अधिकारीले बताए अनुसार करिब ४० टन आँप लोड गरिएको र २० जना कामदारहरू लरीको माथि बसेका थिए। लरीले नियन्त्रण गुमाएर दुर्घटना भएको हो।
दुर्घटनामा आँपका टोकरीहरू मजदुरहरू माथि खस्दा केहीको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई स्थानीय र आपतकालीन कर्मचारीले उद्धार गरी अस्पताल पु¥याएका छन्।
प्रहरीले ओभरलोडिङ्का कारण दुर्घटना भएको बताएको छ। दुर्घटनाबाट बाँचेका चालकले विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किनबाट बच्ने प्रयास गर्दा लरीले नियन्त्रण गुमाएको बताएका छन्।