काठमाडौं प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ३२ जडीबुटी स्थित भक्तपुर-काठमाडौं जोड्ने मनोहरा खोला पुलमा माईक्रो बसमा सवार एक व्यक्तिले लागु औषध खैरो हेरोइन ओसारपसार गरी रहेको भन्ने सूचनाको आधारमा छापा मारेको थियो।
प्रहरीले इलाम, माई नगरपालिका ५ बस्ने वर्ष २५ को केशव राईलाई ३७, २४० ग्राम लागु औषध खैरो हेरोइन जस्तो देखिने बस्तु सहित नियन्त्रणमा लिएको हो।
उनलाई सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ७ (सात) को म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।