काभ्रेपलाञ्चोक प्रहरीले अनलाइन सट्टाबाजी खेलाउने ५ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी टोलीले मण्डनदेउपुर नगरपालिका वडा नं. ७ नगरकोट स्थित NALDUM VILLAGE RESORT AND GREEN PEACE RESTAURANT नामक होटलमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले अनलाइन सट्टाबाजी खेलाइरहेको अवस्थामा भक्तपुरका दिगज नकर्मी, संजिब कुशी, रोशन प्रजापति, सुर्यबिनायक नगरपालिका वडा नं. ७ कटुन्जेका एलिस कुश्म र काठमाडौँ महानगरपालिका वडा नं. १६ शान्तीनगरका रोजन महर्जनलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट अनलाइन सट्टाबाजी (जुवा) खेलाउन प्रयोग गरेको ल्यापटप थान-५ र मोबाईल थान-१८ समेत बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।